17.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा सिल गरिएको बस्तीमा ३५ जनाको कोरोना परिक्षण

नमोबुद्धमा सिल गरिएको बस्तीमा ३५ जनाको कोरोना परिक्षण

१० भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं–काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको वडा नंं.११ मा सिल गरि राखिएको बस्तीका ३५ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको छ । गत शनिबार राती नमोबुद्ध नगरपालिका वडा नंं.११ को एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित पुरुष धुलिखेल अस्पतालको क्यान्टिका कर्मचारी रहेको र स्वाब परिक्षणको रिपोर्ट नै नआई गाउं छिरेका थिए । शनिबार राती एकाएक धुलिखेल अस्पातलको एम्बुलेन्सले उक्त पुरुषलाई लिएर गए पछि मात्रै थाहा भयो कि उनी कोरोना संक्रमित रहेछ भनेर । त्यो घटनाले नमोबुद्ध नगरपालिका वडा नंं.११ मा एक किसिमको डर र त्रास छाए संगै वडाध्यक्ष कष्ण बहादुर तामाङले तत्काल केही बस्ती सिल गरेका थिए ।

उक्त सिल गरि राखिएको वस्तीका ३५ जनाको आज स्वाब संकलन गरि कोरोना परिक्षण्का लागि धुलिखेल अस्पताल पठाएको र ७२ घण्टा पछि मात्रै स्वाब परिक्षणको रिपोर्ट आउने भएको हुंदा वडा बासि सबैलाई सजक र सचेत रहनका लागि वडाध्यक्ष कृष्ण बहादुर तामाङले अनुरोध गरेको छ । सिल गरि राखेको वस्ती स्वाब परिक्षणको रिपोर्ट नआएसम्म सिल नै रहेको हुंदा सो वस्तीमा आउन र जान सबैलाई रोक लगाईको छ । केही स्थानीयहरुले संक्रमित पुरुष संग प्रत्यक्ष भेट्नेको मात्र नभई अन्य व्यक्तिहरुको समेत स्वाब परिक्षण गर्नुपर्ने कुरा आएको हुंदा आज पठाईएको स्वाबको रिपोर्ट आएपश्चात आवश्यकता अनुसार अन्य व्यक्तिहरुको पनि परिक्षण गर्ने कुरा समेत वडाध्यक्ष तामाङले जानकारी दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्