19.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रहरीमा जागिर खाएको १५ दिनमै सदाको लागि बिदा भए २० वर्षिय जवान,जिपको...

प्रहरीमा जागिर खाएको १५ दिनमै सदाको लागि बिदा भए २० वर्षिय जवान,जिपको ठक्करले ज्यान लियो

०५ भाद्र २०७७,छेडुप तामाङ
काठमाडौं–मंगलबार राति पोखरामा ड्युटिमा खटिएका दुई प्रहरीको सडक दुर्घटनामा परि मुत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा घर भई १५ दिन अघि मात्रै प्रहरीमा भर्ती भएका प्रहरी जवान २० बर्षिय चन्द्र बहादुर बगाले र २०६३ साल देखी प्रहरी सेवामा समर्पित प्रहरी हवल्दार ३४ बर्षिय डम्बर बहादुर थारु हुन् ।

प्रहरी जवान २० बर्षिय चन्द्र बहादुर बगालेको परिवारको छोरालाई प्रहरी बनाउने सपना पुरा त भयो तर त्यो सपना सधैंको लागि चोट बनेको छ । प्रहरी संगठनलाई पनि यो घटनाले नमिठो चोट दिएको छ । मंगलबार राती पोखराको मालेपाटनमा स्कुटर दुर्घटनामा परेको खबर आए पछि दुई जनालाई बैदाम प्रहरी चौकीबाट उद्धारको लागि खटाएका थिए ।

घाईतेको उद्धार गरेर बैदाम फर्कने क्रममा एकै दिशाबाट तिब्र गतिमा आएको ग २ च २६२६ नम्बरको बोलेरो जिपले गति अतियन्त्रित भर्इ प्रहरी सवार ग १ ब ३६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको केही बेरमै चन्द्र बहादुर बगालेको मृत्यु भयो भने डम्बर बहादुर थारुको उपचारको क्रममा मुतय भएको हो । बोलेरो जिप चालक पोखरा ५ का २३ बर्षिय बिसाल केसी अहिले प्रहरी नियन्त्रणमा रहेको जानकारी बैदाम प्रहरी कार्यालयले दिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्