17.1 C
Kathmandu

ब्रेकिङ समाचारपछिल्लो २४ घण्टामा थपिए ७ सय ७ कोरोनाका संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ७ सय ७ कोरोनाका संक्रमित

०४ भाद्र २०७७,बिकास तामाङ
काठमाडौं
–पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहिवार थप संख्या सहित हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भइ घर फर्किए संगै हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ।

विगत २४ घण्टामा देशभर विभिन्न ठाउंमा गरी ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म ५ लाख ६५ हजार बढीको पिसिआर परीक्षण भएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्