19.1 C
Kathmandu

ब्रेकिङ समाचारबुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा, बैंकिङ कारोवार विद्युतीय माध्यमबाट

बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा, बैंकिङ कारोवार विद्युतीय माध्यमबाट

०३ भाद्र २०७७
काठमाडौं–बुधबार मध्यरातिदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । पछिल्ल समय यत्ता उपत्यका भित्र कोभिड–१९ को संक्रमण उच्च रुपमा बढ्दै गएपछि सोको रोकथाम र न्यूनीकरणका लागि मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाको सुरक्षा समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

संक्रमण रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते मध्यरातिसम्म लागू हुनेगरी उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय भएको हो ।

निषेधाज्ञा अवधिभर औषधि खाद्यवस्तु तथा अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन पाउने छैन । अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवासाय सञ्चालनमा पनि रोक लगाइएको छ भने अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सवारीसाधनबाहेक उपत्यकाभित्र अरु सवारीसाधन प्रवेश निषेध गरिएको छ ।

नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउजाउ गर्नुपर्ने कर्मचारीको हकमा भने सम्बन्धित कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ देखि १०ः३० र बेलुकी ३ देखि ५ः३० बजेसम्म मात्र आवागमन गर्न दिने निर्णय भएको छ ।

बैंकिङ तथा वित्तिय सेवा लगायत अन्य निकायहरुले वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनिएको छ तर सो सम्भव नभए न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्न दिइने छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्