18.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा एकै दिन १३ जनामा कोरोना पुष्टि,एकै परिवारका ९ सदस्य संक्रमित,१ को...

काभ्रेमा एकै दिन १३ जनामा कोरोना पुष्टि,एकै परिवारका ९ सदस्य संक्रमित,१ को मुत्यु

०२ भाद्र २०७७
काठमाडौं
–काभ्रे जिल्लामा मंगलबार एकै दिन १३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ भने १ जनाको मृत्यू भएको छ । काभ्रेको धुलिखेल नगरपालिका वडा नं.७ का ९८ वर्षिय वृद्धको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । यो संगै काभ्रेमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

मृतिक परिवारका छोरो बुहारीमा यसअघिनै कोरोना पुष्टि भईसकेको थियो भने परिवारका अन्य ७ जना सदस्यको पनि मंगलबार कोरोना संक्रमण पुष्टि भएको धुलिखेल अस्पतालले जनाएको छ ।

मंगलबार संक्रमित १३ जना मध्य ७ जना मृतक ९८ बर्षिय बुद्धका परिवारका सदस्य ७ जना हुन् भने अन्य ६ जना धुलिखेल अस्पतालका स्वाथ्यकर्मी रहेका छन् । आज थप संख्या सहित कााभ्रेमा हाल सम्म संक्रमित संख्या ८० पुगको छ भने ३४ जना उपचारपछि घर फर्किसकेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्