“क्लाङ्सी टिला” तामाङ प्रेम गीत सार्वजनिक
फागुन २१, २०७७
तामाङ गीत एनसेल्ला कि एन टि सि ला सिम भिडियो सहित सार्वजनिक
फागुन २०, २०७७
०१ भाद्र २०७७
काठमाडौं–सोमबार राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । गत चैत ६ गतेका लागि निर्धारित एसईईको परिक्षा कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।
विद्यालयहरूले विद्यार्थीका मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।
परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले आज एसईईको नतिजा सार्वजनिक गरेको हो ।