नमोबुद्ध नगरपालिकामा १७ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि

साउन ३१, २०७७


३१ श्रावण २०७७
काठमाडौं
–काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा १७ बर्षीय एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित युवती नमोबुद्ध नगरपालिका वडा नं.५ का हुन् ।

यो संगै नमोबुद्ध नगरपालिकामा संक्रमित संख्या ४ जना पुगेको छ भने काभ्रे जिल्ला भरिमा ७१ जना पुगेको छ । नगरपालिकामा संक्रमित मध्य ३ जना नमोबुद्ध नगरपालिकाको जनक माविमा रहेका छन् र शनिबार संक्रमण पुष्टि भएकी १७ बर्षीय एक युवती भने धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

देशैभर पछिल्ला समयमा कोरोना भाइरस संक्रमणको संख्या बडेसंगै काभ्रे जिल्लामा पनि दिनानुदिन संक्रमित संख्या बडिरहेका छन् ।