एक दिनमै ५९४ जनामा कोरोना संक्रमण पुष्टि

साउन ३०, २०७७


३० श्रावण २०७७ काठमाडौं
काठमाडौं
–पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज ५९४ जना संकमित संख्या थपेसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । उनीहरुमध्ये १०० जनाको मृत्यु भएको छ भने १० हजार जना भन्दा माथि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।