काभ्रेकी ५० बर्षीय महिलाको कोरोना संक्रमणबाट किष्ट अस्पतालमा मृत्यु

साउन २६, २०७७


२६ श्रावण २०७७,
काठमाडौं
–काभ्रे जिल्लाको पाँचखाल नगरपालिका घर भएकी ५० बर्षीय एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती महिलाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार विहान मृत्यू भएको उनी निमोनियाको उपचार गराउन आइतबार दिउँसो अस्पताल पुगेकी थिइन । मृतक महिलाको घर पाँचखाल नगरपालिका वडा नम्बर २ अनैकोट भएको बताइएको छ ।