बाँकेमा कोरोना भाइरस संक्रमणबाट ७० बर्षिय महिलाको मृत्यु
साउन २५, २०७७

२५ श्रावण २०७७
काठमाडौं– बाँकेमा आज कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका वडा नं. २ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिएको हो ।