बस र ट्रक एकापसमा ठोक्किदा एकको मृत्यु, दुई घाइते
माघ ०७, २०७७
कुलमान हटेलगत्तै किन काटिन थाल्यो बिजुली
माघ ०७, २०७७
२३ श्रावण २०७७
काठमाडौं–बिहीवार गोर्खाको दरौदी नदी तर्ने क्रममा नदीले बगाएर दुई बालक बेपत्ता भएको छ । बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्वल श्रेष्ठ रहेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
मझुवा, बाह्रकिलो र चोरकाटेलगायत दरौँदी नदीको आसपासका क्षेत्रमा प्रहरी, स्थानीयवासी र बेपत्ता युवकका आफन्त मिलेर खोजीकार्य जारी रहेको तर लगातारको वर्षाका कारण दरौदी नदीमा पानीको बहाव बढी भएकाले खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।