सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि, सचिवालयका कर्मचारी आइसोलेसनमा

साउन २२, २०७७


२२ साउन २०७७
काठमाडौं
–जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका ८ जना कर्मचारी आइसोलेसनमा राखेका छन् ।आइसोलेसनमा राखेका कर्मचारीहरुको पीसीआर परीक्षण नतिजा आइसकेको छैन ।

सांसदको सार्वजनिक लेखा समितिका सदस्य रहेका सांसद यादव सहितको संसदीय अनुगमन उपसमितिको टोली २ साता अघि सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएका थिए ।

सांसद यादव चढेको गाडीमा सवार अन्य ३ जनालाई कोरोना संक्रमण देखिएको छ । जस्मा यादवको पीएसओ र सवारी चालक रहेका छन् । उनीहरु अहिले उपचारका क्रममा छन् ।
संक्रमितको सम्पर्कमा रहेका अन्य दुई सांसदसहित लेखा समितिमा रहेका कर्मचारीको स्वाव संकलन भएको र नतिजा आउन बाँकी रहेको संघीय संसद सचिवालयका प्रवक्ताले जानकारी दिए ।