बस र ट्रक एकापसमा ठोक्किदा एकको मृत्यु, दुई घाइते
माघ ०७, २०७७
कुलमान हटेलगत्तै किन काटिन थाल्यो बिजुली
माघ ०७, २०७७
१३ श्रावण २०७७
काठमाडौं–काठमाडौंको कमलादीबाट प्रहरीले आज १५ किलो अवैध सुन संगै २ थान हतियार बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करीलाई फलो गर्दै जाने क्रममा तस्करको समूहले प्रहरी देखेपछि सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ ।
तस्कररीले फालेको झोला सर्च गरी हेर्दा १५ किलो सुन र दुईथान हतियार फेला परेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ । गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । आजको बजार मूल्यअनुसार बरामद गरिएको सुनको मूल्य रु.१२ करोड ६३ लाख बराबरको रहेको छ ।