21.1 C
Kathmandu

अर्थतन्त्रनेचुरल साकोसको डिजिटल प्रविधि सेवा उत्कृष्ट रहेको ठहर

नेचुरल साकोसको डिजिटल प्रविधि सेवा उत्कृष्ट रहेको ठहर

१२ श्रावण २०७७,छेडुप तामाङ
काठमाडौं
– काठमाडौ गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित केन्द्रिय कार्यलय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आ. व.२०७६/०७७ को समिक्षा र आ. व. २०७७/०७८ प्रस्तावित बार्षिक निति तथा कार्यक्रम एवं योजना तर्जुमा सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा सञ्चालक समिति, लेखा समिति र उच्च व्यवस्थापन कर्मचारी बीच एक कार्यक्रमका साथ गत आर्थिक वर्षको समिक्षा र चालु आर्थिक बर्षको लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नंं.६ जोरपाटिमा केन्द्रिय कार्यलय रहेको, सांखु र नयांबजारमा सेवा केन्द र कांडाघारीमा संस्थाको सम्पर्क कार्यलय रहेको नेचुरल साकोसले कोविड १९ को सन्त्रासका बिच पनि आफ्ना सदस्यहरुलाई सेवा प्रवहा गर्न अलिकति पनि चुकेनन् । तसर्थ बन्दाबन्दिको समयमा संस्थाले प्रवाह गरेको सेवा उत्कृष्ठ रहेको निष्कर्ष संस्थाले निकालेको छ । गत आर्थिक वर्षमा पनि संस्थाले उत्कृष्ट आर्थिक उपलब्धी समेत हासिल गरेको जानकारी संस्थाका प्रमूख कार्यकारी सञ्चालक बिकल्प पाठकले जानकारी दिएको छ ।

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक कारोबारका लागि आफ्ना सदस्यहरुलाई समय सान्दर्भिक डिजिटिल प्रविधि मार्फत बढी भन्दा बढी सरल र सहज पार्दै आएको कुरा उल्लेख गर्दै आगामी दिनहरुमा पनि संस्थाले नीति, विधि र प्रविधिको माध्यमबाट अझ बढी प्रभावकारी ढंगले सेवा प्रवाह गर्दै जाने प्रमूख कार्यकारी सञ्चालकले नमोबुद्ध न्यूजलाई बताउनुभयो ।

चालु आर्थिक बर्ष २०७७/०७८ मा हामीले तयार पारेका कार्य योजना र गत बर्षको वित्तिय बिश्लेषणका आधारमा नै सदस्यहरुलाई कसरी सहज सरल र सुलभ ढंगले सेवा प्रवहा गर्ने भन्ने कुरालाई मध्यनजर राख्दै अघि बढ्ने संस्थाको तयारी रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्