17.1 C
Kathmandu

खेलकुदयुभेन्टसको जीतमा रोनाल्डोको नयाँ कीर्तिमान

युभेन्टसको जीतमा रोनाल्डोको नयाँ कीर्तिमान

लाजियोलाई हराउने क्रममा दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोले फेरि नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । युभेन्टसका स्ट्राइकर प्रिमियर लिग, ला लिगा र सिरिए ए मा ५० गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

पोर्चुगिज खेलाडीले पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै इटालीको शीर्ष लिगमा ५० गोल पुरा गरेका थिए । सन् १९९५ यता यति चाँडो सो कोशेढुंगा पार गर्ने उनी पहिलो खेलाडी हुन् । रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै सन् १९९४–९५ सिजनमा गिउसेपे सिग्नोरीले बनाएको एक सिजनमा सबैभन्दा धेरै गोलको कीर्तिमान पनि बराबरी गरेका छन् । यो सिजन उनले पेनाल्टीबाट १२ गोल गरेका छन् ।

३५ वर्षीय खेलाडीले दोस्रो गोल पाउलो डिबालाको पासमा गरे । लाजियोका लागि सिरो इमोबिलले एक गोल फर्काए । खेल २–१ गोलअन्तरले जीतपछि अब बाँकी खेलबाट ४ अंक मात्र बटुले युभेन्टसले लगातार नवौँ लिग उपाधि हात पार्नेछ ।लिगमा यो सिजन रोनाल्डो र इमोबिलको समान ३०–३० गोल रहेका छन् । रोनाल्डो सन् २००७–०८ मा अलेसान्ड्रो डेल पिएरो पछि गोल्डन बुट जित्ने पहिलो युभेन्टसका खेलाडी बन्ने होडमा छन् ।

रोनाल्डो सन् २०१८–१९ सिजन अघि रियल म्याड्रिडबाट युभेन्टस आएका हुन् । त्यसअघि उनी म्यान्चेस्टर युनाइटेडसँग आबद्ध थिए । दुवै क्लबमा उनको गोल संख्या उत्कृष्ट रहेको छ । युनाइटेडका लागि उनले २९२ खेलबाट ११८ गोल गरेका छन् भने रियलका लागि उनले ४३८ खेलबाट ४५० गोल गर्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय खेलहरुमा पनि पोर्चुगलका लागि रोनाल्डोले कीर्तिमानी ९९ गोल गरेका छन् । उनीभन्दा अघि इरानका अली देइ मात्र रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्