ललितपुरको गोदावरी नगरपालिकामा अख्तियारको छापा, सेवाग्राहीसँग रकम लिदै गर्दा कर्मचारी रंगेहात पक्राउ

साउन ०५, २०७७


०५ श्रावण २०७७
काठमाडौं– ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा अख्तियारले छापा मारेको छ । सेवाग्राहीसँग रकम लिदै गर्दा नगरपालिकाका कर्मचारी रंगेहात पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ ।

प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेसंगै अख्तियारको टोलीले नगरपालिकाका कागजात समेत नियन्त्रणमा लिएकोे छ ।