17.1 C
Kathmandu

ब्रेकिङ समाचारसीमा क्षेत्रमा नेपाली प्रहरीमाथी भारतीय नागरिकद्धारा आक्रमण

सीमा क्षेत्रमा नेपाली प्रहरीमाथी भारतीय नागरिकद्धारा आक्रमण

०५ श्रावण २०७७
काठमाडौं
–सीमा क्षेत्रमा खटिएका नेपाली सशस्त्र प्रहरीमाथी भारतीय नागरिकहरुद्धारा पटक पटक आक्रमण गरिएको छ । गौरीगन्ज गाउंपालिका वडा नं.५ स्थित नेपालभारत सीमा क्षेत्रको १५२ नम्बर पिलर नजिक गत शनिबार राति केही भारतीय नागरिकहरुद्धारा सशस्त्र प्रहरी माथी आक्रमण गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले जानकारी दिए अनुसार राति करिब ९ः३० बजे सीमा गस्तीमा खटेका नेपाली सशस्त्रका टोलीमाथि ठुलो संख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकहरुको समुहले आक्रमण गरेका थिए । रातको समयमा केही भारतीय नागरिक नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले रोके पश्चात भारतीयहरुको समुहले सशस्त्र प्रहरुहरुमाथी आक्रमण गरेका थिए ।

भारतीयहरुको आक्रमणमा परी सशस्त्रका २ जना जवान घाइते भएका छन् । घटनालाई नियन्त्रण गर्नका लागि सशस्त्र टोलीले चार राउण्ड हवाई फायर गरेपछि आक्रमणका लागि आएका भारतीयहरु भागेका प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्