काठमाडौंमा पहिरोले पुरिएर एक युवकको मृत्यु

साउन ०५, २०७७


काठमाडौंं । काठमाडौंमै पहिरोले पुरिएर एक युवाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो ।

आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।