23.1 C
Kathmandu

ब्रेकिङ समाचारचोर भन्दै स्थानीयले कुटपिट गर्दा गयो एक युवकको ज्यान

चोर भन्दै स्थानीयले कुटपिट गर्दा गयो एक युवकको ज्यान

०३ श्रावण २०७७
काठमाडौं–
तारकेश्वर नगरपालिका वडा नम्वर ५ स्थित गोलढुंगामा स्थानीयले कुटपिट गरे पश्चात एक युवकको ज्यान गएको छ। मादक पदार्थ सेवन गरेर सडकमा हो–हल्ला गरेको भन्दै स्थानीयले चोरको आरोप लगाएर कुटपिट गर्दा रसुवा घर भई कपुरधारा बस्दै आएका २४ वर्षीय छिरिङ तामाङको मृत्यु भएको हो।

मृतक छिरिङ तामाङ र उनको साथी दोर्जे तामाङ शुक्रवार राती मादकपदार्थ सेवन गरी सडकमा हो–हल्ला गरे पछि स्थानीय एक घर धनीसंग वादबिवाद भएको र सोही क्रममा स्थानीयले चोर भन्दै लखेटी लखेटी कुटेपश्चात गम्भिर घाईते भएका दुवै जनालाई प्रहरीले शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको र अस्पताल लगे संगै अस्पतालले छिरिङलाई मृत घोषणा गरेको महानगरीय प्रहरी बृत्त बालाजुका डिएसपी रञ्जित सिंह राठोरले जानकारी दिएको हो ।

मृतक तामाङको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ भने उनका साथी दोर्जे तामाङ उपचारपश्चात घर फर्किसकेको राठोरले जानकारी दिए।
घटनाको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्