युवा जोस जांगरका साथ नमोबुद्ध नेपानेका युवाहरुले नेपानेमा बृक्षारोपण गरे

साउन ०२, २०७७


०२ श्रावण,२०७७
काठमाडौं
–काभ्रेको नमोबुद्धनगरपालिका वडा नं.९ नेपानेमा आज युवाहरुले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन् । नमोबुद्ध नगरपालिका वडा नं.९ मा रहेको नेपाने युवा समाजनेपाने बुद्धपार्क समितीको संयुक्त आयोजनामा आज शुक्रबार नेपाने बुद्धपार्क आसपासका क्षेत्रमा बृक्षारोपण गरिएको हो ।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा नेपानेका युवाहरुको बाक्लो उपस्थिति रहेका थिए। “हरियो बन नेपालको धन” भन्ने नारालाई आत्मसात गर्दै बन जङ्गर्ललाई संरक्षण गर्ने र सधैं वातावरण हरियाली बनाईराख्ने उदेश्यका साथै दैनिक रुपमा बड्दै गएको वातावरण प्रदुषणलाई रोक्नको निम्ति नेपाने युवा समाजले बृक्षारोपण गरिएको र आम युवा साथीहरुलाई पनि बृक्षारोपण गरि वातावरण प्रदुषण हुन बाट जोगाउन नेपाने युवा समाजको अध्यक्ष देब राज लामाले बताए ।