17.1 C
Kathmandu

ब्रेकिङ समाचारहस्पिटलमै बिरामीमाथी यौन दुव्र्यवहारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

हस्पिटलमै बिरामीमाथी यौन दुव्र्यवहारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

२५ असार,२०७७
काठमाडौं
–वीरगञ्जको बिर्तास्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलको आईसीयूमा उपचार गराइरहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपममा स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । हस्पिटलमा उपचार गराइरहेकी वीरगञ्जकी १९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपश्चात हस्पिटलमा कार्यरत कृष्ण दास, एहसान हुसैन र सरफुदीन मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

उपचारका क्रममा आईसीयूमै मंगलबार राति स्वास्थ्यकर्मीले आफुलाई दुर्व्यवहार गरेको युवतीको भनाइ छ । गराएपछि नै आफन्तले दोषीलाई पक्राउ गरी कारबाहीको माग गरेका थिए । तत्पश्चात प्रहरीले ३ स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्