24.1 C
Kathmandu

ब्रेकिङ समाचारसिन्धुपाल्चोकमा अभिरल बर्षात संगै पहिरो जाँदा ३ को मृत्यु, १९ बेपत्ता

सिन्धुपाल्चोकमा अभिरल बर्षात संगै पहिरो जाँदा ३ को मृत्यु, १९ बेपत्ता

२५ असार २०७७
काठमाडौं
–सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउंपालिका र बाह्रविसे नगरपालिकामा बाढी पहिरो जाँदा ३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका छन् ।
गएराति जबमुमा स्थानीय याल्मो ठाडो खोलाले ११ वटा घर बगाउँदा सो घट्ना भएको हो ।
घटनास्थलमा रहेका स्थानीयले दिएको जानकारी अनुसार स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीय छोरीको शव भेटिएको छ । अर्की एक जनाको ठेगाना खुलेको छैन । अरु १६ जना बेपत्ता भएका छन् ।
सेना तथा प्रहरीको टोलीले उनीहरुको खोजी गरिरहेको स्थानीयले जानकारी दिए । मृतक निकेशकी श्रीमती सबिना बस्नेत र स्थानीय सुवेस तामाङ गम्भीर घाइते भएका छन् । बाढी पहिरोका कारण १० घरमा क्षति पुगेको छ भने झण्डै ५० घर बाढीको उच्च जोखिममा रहेको उनले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्