23.1 C
Kathmandu

ब्रेकिङ समाचारकोरोनाको कहरमा अमिर दोङको एला लिला म्युजिक भिडियो सार्वजनिक

कोरोनाको कहरमा अमिर दोङको एला लिला म्युजिक भिडियो सार्वजनिक

२३ असार २०७७, काठमाडौं– निर्देशक तथा नायक अमिर दोङको एला लिला बोलको तामाङ लभ सङको म्युजिक भिडियो आज प्रेस मिट मार्फत सार्वजनिक गरेको छ । कोरोना भाइरस कोभिड १९ को कारण धेरै लामो समयसम्म मुलुक बन्दा बन्दिको अबस्थामा रहेकाले सबै जस्तो पेशा व्यवसाय ठप्प रहेको कारण तनावै तनावको यो विषम परिस्थितिमा गितसंगीत क्षेत्रमा समेत नराम्रो संग प्रभावित भएको छ । यहि बेलामा म्हारमेन मिडियाको प्रस्तुतिमा अमिर दोङको एला लिला बोलको गित म्युजिक भिडियो सार्बजनिक भएको छ ।

बन्दाबन्दिको कारण लामो समय सम्म माया पिरतिमा रहेका जोडिहरु समेत एक अर्का बिच भेटघाट हुन नपाएको यो दुखद घडिमा निर्देक तथा नायक अमिर दोङले सार्वजनिक गरिएको यो लभ सङले पक्कै पनि दर्शक श्रोताका मन जित्न सफल होला भनेर सहजै अनुमान लगाउन सकिन्छ । तामाङ गितसंगीत लभमय भएको यो अबस्थामा एक पछि अर्को गर्दै बजारमा तामाङ गितहरु सार्वजकि भएका छन । यसै क्रममा एला लिला बोलको यो गितमा पनि माया गर्ने जोडिले एकले अर्कोको माया पिरतिका कुराहरु सांटासांट गरे संगै मायामा एकले अर्काको चाहनाहरु समेत व्यक्त गरेको पाईएको छ ।

म्हारमेन मिडियाको यो प्रस्तुतिमा नव गायक प्रशान्त दोङ र जितु लोप्चानको युगल स्वर रहेको छ । गितमा शब्द आशिक तामाङ दोङको रहेको छ भने संगीत कर्साङ लामाको रहेको छ । अमिर दोङको निर्देशन तथा हेरुका लामाको कोरियोग्राफि रहेको यो गितमा नायक तथा निर्देक अमिर दोङ र पुर्णिमा लामा थोकरको अभिनय रहेको छ । यो गित आज एक विशेष कार्यक्रम गरि म्हारमेन युट्युव च्यालन मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो..

भिडियो..

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्