28.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेका चारैजना कोरोना संक्रमित उपचारको लागि टेकुमा पठाइयो

काभ्रेका चारैजना कोरोना संक्रमित उपचारको लागि टेकुमा पठाइयो

२२ असार २०७७
धुलिखेल ।
काभ्रे जिल्लामा आइतबार भेटिएका कोरोना संक्रमित ४ जनालाई शुक्रराज ट्रपिकल अस्पताल, टेकुमा पठाइएको छ । विभिन्न मुलुकबाट आएका चारैजनालाई आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने भएकोले टेकु पाठाइएको जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमित भएका महाभारत गाउँपालिका २ बस्ने वर्ष २२ को १ जना पुरुष, पाँचखाल नगरपालिका वडा नं. १२ बस्ने ३१ वर्षिय पुरुष र २६ वर्षिय १ पुरुष र बनेपा नगरपालिका वडा नं. १२ बस्ने वर्ष २८ को एक जना पुरुष टेकुमा पठाइएको हो ।
उनीहरुको धुलिखेल अस्पतालमा पिसिआर परिक्षण गर्दा आइतबार पोजिटिभ नतिजा प्राप्त भएको थियो ।
कति जना छन् काभ्रेका क्वारेन्टाइनमा ?
काभ्रे जिल्लामा हालसम्मा २ सय २ जना क्वारेन्टाइनमा रहेका छन् । जिल्लाको विभिन्न स्थानीय तहहरुमा रहेको क्वारेन्टाइनमा १७४ जना पुरुष र २८ जना महिला गरि २ सय २ जना रहेको जिल्ला स्वास्थ्य, कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी दिएका छन् । उनका अनुसार काभ्रेमा तेस्रो मुलुकबाट आएको संख्या १ सय ६३ जना रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्