तुलसीपुरका ३ वटा वडामा ५जनामा देखियो कोरोना

जेठ १८, २०७७


दाङमा थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परिक्षणमा दाङका ४ पालिकाका ९ जनाका कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

जस अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका दुईजना जनामा कोरोना पुष्टि भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का १ जना, वडा नं. १५ का १ जना र वडा नं. १६ का ३ जना रहेको पाइएको छ ।  योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ । दाङमा देखिएका सबै भारतबाट भरखरै मात्र आएका थिए ।।