19.1 C
Kathmandu

मनोरञ्जनसुदर्शन थापाः जसले यी कलाकारलाई स्टार बनाए

सुदर्शन थापाः जसले यी कलाकारलाई स्टार बनाए

नायक प्रदीप खड्का ‘स्केप’ नामक चलचित्रमा अभिनय गरेपछि निराश बने। उनी अस्ट्रेलिया जाने तयारीमा समेत लागेका थिए। तर, चलचित्र ‘प्रेमगीत’का लागि नायकको खोजी भएको थाहा पाएपछि उनी यो चलचित्रको टिमको सम्पर्कमा आए। यो चलचित्रले उनलाई स्टार बनाइदियो । चलचित्रका निर्देशक थिए सुदर्शन थापा । सुदर्शन लभ स्टोरी चलचित्र बनाउन माहिर मानिन्छन् । सुदर्शनको यो लभ स्टोरी चलचित्रले प्रदीपलाई स्टार बनायो।

नायक पल शाह चलचित्र ‘नाइँ नभन्नु ल-४’बाट उदाए । म्युजिक भिडियोमै उनको क्रेज गज्जब थियो । यो चलचित्रले उनलाई चलचित्र क्षेत्रमा पाइला राख्न ठूलो सहयोग गर्‍यो । तर, जब उनले चलचित्र ‘म यस्तो गीत गाउँछु’मा अभिनय गरे । यसपछि भने उनको क्रेज चुलियो।

चलचित्रले राम्रो कलेक्सन गर्दा पलको क्रेज हलमा देखियो। यो चलचित्रका निर्देशक थिए, सुदर्शन थापा । थापाको निर्देशनमा बनेको चलचित्रले पललाई स्टार नायक बनाइदियो । उनले यसपछि ‘जोनी जेन्टलम्यान, वीरविक्रम-२’ जस्ता चलचित्रमा काम गरे पनि उनलाई खासै फाइदा भएन । चलचित्र ‘शत्रु गते’को बम्पर व्यापारमा उनको योगदान खासै देखिएन । उनै पल फेरि निर्देशक थापाकै निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’को रिलिजको प्रतीक्षामा छन् ।

नायिका पूजा शर्माले चलचित्र ‘थ्री लभर्स, मेरो बेस्ट फ्रेन्ड’ जस्ता चलचित्रमा काम गरेकी थिइन् । दुवै चलचित्रमा उनी नोटिस भइनन् । यसपछि उनको टिमअप निर्देशक सुदर्शन थापासँग भयो । थापासँग उनले ‘मधुमास र चङ्खे शङ्खे पङ्खे’मा काम गरे पनि हिट हुन सकिरहेकी थिइनन् ।

उनै सुदर्शनले निर्देशन गरेको चलचित्र ‘प्रेमगीत’ले पूजालाई स्टार बनायो । यसपछि पूजाले सुदर्शनसँग निरन्तर सहकार्य गरिरहेकी छिन् । ‘म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु-२’ लगायतका चलचित्रमा पूजा र सुदर्शनको सहकार्य जारी छ । पूजा चलचित्र क्षेत्रमा आज सर्वाधिक व्यस्त नायिकको सूचीमा पर्छिन् ।

नायक आकाश श्रेष्ठले चलचित्र ‘म त तिम्रै हुँ, ब्ल्याक’ जस्ता चलचित्रमा काम गरे पनि सफल हुन सकेका थिएनन् । यसपछि, आकाशले निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘रामकहानी’मा काम गरे । यसपछि भने उनी चलचित्र क्षेत्रमा नोटिस भए । आज आकाशको हातमा चलचित्रको अभाव छैन । ‘पोइ पर्‍यो काले, सम्हालिन्छ कहिले मन, सम्झना बिर्सना’लगायतका चलचित्रमा उनले काम गरेका छन् ।

नायक आर्यन सिग्देल चलचित्र ‘किस्मत’बाट उदाएका थिए । यी चकलेटी नायकले यो चलचित्रबाट दर्शकको माया राम्रो पाएका थिए । जब उनले चलचित्र ‘मेरो एउटा साथी छ’मा काम गरे, यसपछि उनको डिमाण्ड रातारात चुलियो । आर्यन चलचित्र क्षेत्रमा सर्वाधिक खोजिने र रोजिने नायक बने । यो चलचित्रले आर्यनलाई स्टार मात्र बनाएन, अभिनय राम्रो गर्न सक्ने कलाकारको रुपमा पनि चिनायो । सुदर्शन थापा निर्देशित यो लभ स्टोरी चलचित्रले नयाँ आयाम कायम गर्‍यो। चलचित्र क्षेत्रमा आर्यनको बलियो पकड बन्न पुग्यो ।

नेपाली चलचित्र क्षेत्रमा निर्देशक थापाले केही कलाकारलाई स्टार बनाएका छन् । उनीसँग काम गर्न आज पनि कलाकारहरू लालायित हुने गरेका छन्।

मैले स्टारसँग काम गरेको छैनः सुदर्शन
निर्देशक सुदर्शन थापा आफूले अहिलेसम्म स्टार कलाकारसँग काम नगरेको बताउँछन् । उनले भने–‘मैले अहिलेसम्म स्टार कलाकारसँग काम गरेको छैन । जति पनि कलाकार छन् उनीहरूलाई स्टार बनाएको छु ।’

सुदर्शनले कुनै पनि कलाकारमा अरूले नदेखेको गुण आफूले देखेपछि नै चलचित्रमा लिने गरेको सुनाए । उनले भने–‘मैले कुनै पनि कलाकारको लुक्स र उसको अनुहारमा भएको अभिनयको सम्भावना देखेपछि मात्र काम गर्छु। केही असफल कलाकारभित्र पनि हिट हुने पक्ष हुन्छ । उसले सही निर्देशन पायो भने काम गर्न सक्छ भनेपछि मैले काम गरेको छु ।’ अरूले नदेखेको गुण आफूले देखेपछि नै कुनै कलाकारसँग काम गर्ने गरेको सुदर्शनले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्