नेकपा एकताका लागि दबाव दिन १०१ सदस्यीय कमिटी गठन
माघ १२, २०७७
काठमाडौं १३ जेठ, साझा पार्टीले अमेरिकी च्यालेन्ज कर्पोरेशन एमसीसी (कम्प्याक्ट) सम्झौता संशोधन नगरि पारित गर्न नहुने बताएको छ । साझा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले विज्ञप्ति निकालेर एमसीसी सम्झौताका कतिपय प्रावधान नेपालको राष्ट्रिय स्वाभिमान र हितविरुद्ध रहेको र ती संशाेधन नगरि संसदबाट पास गर्न नहुने बताउनुभएको हो ।
एमसीसी नेपालको कानुनभन्दा माथि हुने, नेपालको १३ करोड डलर लगानी रहने आयोजनाको लेखापरीक्षणमा महालेखा परीक्षक संलग्न नहुने, नेपालभित्रै निर्माण हुने प्रसारण लाइनका लागि भारतको स्वीकृति लिनुपर्ने, आयोजनामा रोजगारीकाे लागि नागरिकताको बन्देज नहुने, सम्झौताका केही दफा आयोजना सम्पन्न भइसकेपछि पनि क्रियाशील रहनेलगायत सम्झौताका प्रावधान आपत्तिजनक रहेको उल्लेख गरिएको छ ।