23.1 C
Kathmandu

मनोरञ्जनगजुरियल “मनोज”

गजुरियल “मनोज”

ताप्लेजुंगको अगेरी पाखामा आज भन्दा ४६ बर्ष अघि २०३१ सालको बैशाख २९गते जन्मिएका थिए, नेपाली हास्यकलाकार मनोज गजुरेल ।  केही दिन अघि मात्रै जन्मदिन मनाएका उनले जीवनमा धेरै अनुभव संघालेका छन् । जन्मिदा आमा नै बेहोस भएर पनि उनी बाचेका रहेछन् । बाबु आमा भवानी प्रसाद गजुरेल र इन्द्र माया गजुरेलका कान्छा सन्तान उनी सात महिनाको हुना साथ बाबुको निधन भएको थियो ।  ३०अब्र्षमा नै मृत्यु भएका श्रीमानको अन्तिम उपहार भएकै कारण अन्य सन्तान भदा मनोज कै माया बढीलाग्ने उनकी आमा बताउछिन् ।

अध्ययनको कुरा गर्दा उनका प्रत्येक कक्षा फरक फरक विद्यालयमा भएको भन्न सकिन्छ ।  गणेश माध्यामिक विद्यालय खेवांगमा शिशु कक्षा पडेका उनले त्यस पछि कक्षा ८ सम्मको शिक्षा झापाका विभिन्न विद्यालयमा प्राप्त गरे । टेलिभिजन भर्खर आएको र अरुको घरमा गैर फिल्म हेर्ने लत मनोजमा बस्दै गएको कारण आमाले काठमान्डौमा रहेका उनका दाजुलाई भाइको जिम्मेवारी सुम्पिदै पद्मोदय बिद्यालय पाठाइन् ।

कक्षा ८मा हिमालय माध्यमिक विद्यालय पढ्दै गर्दा उनले आफुलाई पहिलो पटक हसाउन सक्ने मान्छेको रुपमा पाए ।  उनले ‘तिमी नभए जिन्दगानी’ बोलको गीतको प्यारोडी बनाएका थिए ।  सो प्यारोडीले प्रथम भएर राम्रो कलम र ‘बुक’ कापी दिलाएको उनी अझै सम्झिन्छन् ।  उक्त पुरस्कारले उनलाई धेरै हौसला दिएको थियो रे ।  तर उनले अभिनय सुरु गरेको भने धेरै पहिला नै थियो । कक्षा २मा झापा दुडामारीमा कक्षा २ पड्दै गर्दा उनले पहिलो पटक ‘कहाँ बा’ भनेर एक नाटक मार्फत अभिनय यात्रा सुरु गरेका थिए ।

काठमान्डौ आए पछि भने उनको अभिनय कमेडी सबै बन्द नै भयो । तर उक्त समय उनले रेडियो नेपालको यात्रा भने सहज बनाउदै गयो । उनी बालकार्यक्रमका लागि रेडियोमा जाने गर्थे । पद्मोदय स्कुलमा अभिनय यता उता भन्दा पनि पढाइमा ध्यान दिने गरिन्थ्यो । तर काठमान्डौ आउदा सम्म पनि उनी कमेडीको लागि जन्मिएको भन्ने चै लागेको थिएन रे ।

उनले एसएलसी पछि ६,७ महिना सम्म विभिन्न सामानको मार्केटिंग समेत गरे ।  ठेलामा राखेर सामान लिएर हिड्नु पर्ने र बेच्नपर्ने थियो,उनी भने मार्केटिंग गर्थे । पहिलो कमाइले उनले ‘जिनको प्यान्ट’ र ‘चेस्मा’ लगाएर ठाटिएर गाउमा फोन गरेका थिए ।  (त्यो समय भर्खर पहाडबाट आएको कारण यस्तै बोलिन्थ्यो उनी भन्छन् )  त्यस पछि बाकी रकम दाजुलाई घर खर्चमा सहयोग गरेका थिए उनले ।

बिस्तारै बिस्तारै उनको हास्य ब्यांग्यले लय लिन थाल्यो ।  पछिल्लो समय उनी चर्चित हास्यव्यंग्य कलाकार मद्ये एक पर्छन् । उनलाई यस क्षेत्रमा कमेडी किंगको नामले समेत चिनिन्छ । स्टेजमा धुम मचाउन सक्ने कलाकार गजुरेलले नेपालमा रहेर ५अंकको कमाइ नगरेको भए पनि विदेशमा कमाइ राम्रो रहेको बताउछन् ।

ओसोको भक्त उनी प्रतेक दिन केहि समय ध्यानमा तल्लिन रहन्छन् । आफैँ पनि योग प्रशिक्षण दिने गरेका छन् उनले ।  दुइ सन्तान मिरोज र मेमोरीका बाबु उनको पत्नीसंगको सम्बन्ध भने खासै राम्रो हुन सकेन ।  वाहिक जीवनको लामो यात्रा उनी र मिना ढकालले टुंगो लाएका छन् ।  उनकी आमाका अनुसार उनले आफुलाई भन्दा बढी सन्तान र आफन्तलाई माया गर्छन् ।
भारतले नेपालमा गरेको नाकाबन्दिको समयमा उनले गरेको मोदीको क्यारिकेचरले विश्व भरिका संचारमाध्यममा स्थान पाएको थियो । उनका कमेडीमा कन्टेन्ट त बलियो हुन्छ नै हाउभाउ समेत ठ्याक्क मिल्ने गर्छ ।  कहिले मोदी बन्ने उनी कहिले ओली बन्छन् कहिले प्रचण्ड त कहिले डोनाल्ड ट्रंप ।  तर उनी जे गर्छन् मनबाट गर्छन । जसलाई दर्शकले पनि मन पराएका छन् । उनले हास्य व्यंग्य सम्बन्धि ५वटा पुस्तक समेत प्रकासित गरेका छन् ।

पछिल्लो समय कमेडी च्याम्पियनका जजको भूमिका निभाएका उनको ‘करोड’ डाइलगले धेरै चर्चा कमायो ।  हसमुख गजुरेलको मनको ब्यथा कहिले अनुहारमा देखिदैन । परिस्थिति हेरेर तुरुन्तै व्यंग्य कसेर दर्शक हसाउने उनको कला अद्भुत छ । कलाकारितामा नै लागेर उनले धेरै देशको भ्रमण गरेका छन् ।  अहिले सम्म कमाएको जे छ त्यो नै पर्याप्त भन्ने उनलाई मर्न समेत डर लाग्दैन ।  जति भाग्यमा लिएर आएको छ त्यति जिउने हो, भन्छन् । उनी उनका अनुसार न त जन्म हाम्रो हातमा थियो न मृत्यु नै छ ।  अध्यात्म तिरको बाटोमा जादै गर्दा उनलाई आफुले बाबुले राखिदिएको नाम ‘माया नाथ’ समेत नफेरेको भए हुने रहिछ भन्ने लाग्न थालेको छ । उनले सानोमा माया नाथे भन्लान् भन्ने डरले नाम परिवर्तन गरेका थिए रे ।

पछिल्लो समय गजुरियल डटकम नामक वेवसाइट र युट्युव च्यानल समेत चलाउने गर्छन् गजुरेल ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्