24.1 C
Kathmandu

समाचारजेठ ५ गतेसम्मका लागि कपिलवस्तु सिल गर्ने निर्णय

जेठ ५ गतेसम्मका लागि कपिलवस्तु सिल गर्ने निर्णय

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै कपिलवस्तु जिल्ला जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि आजै साँझ ५ बजेदेखि जेठ ५ गते सम्म कपिलवस्तु सिल गर्ने निर्णय गरेको  प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

लकडाउनका बेला पनि छिमेकी मुलुक भारतबाट लुकिछिपी जिल्ला भित्रिने क्रम नरोकिएपछि सुरक्षा समिति जिल्ला सिल गर्ने निर्णयमा पुगेको हो।

संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अति आवश्यकीय वस्तुहरु ढुवानी, एम्बुलेन्स, शवबाहन तथा राजमार्ग भएर गुड्ने सवारीसधानहरुबाहेक जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारी साधन, मानिसहरुको आवतजावत र सम्पूर्ण किसिमका गतिविधि बन्द जेठ ५ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम पूर्णरुपमा रोक लगाइएको  प्रजिअ पौडेलले बताए।

खाद्यान्न तथा तरकारी किनेमलका लागि हरेक दिन बिहान ७ देखि ९ बजेसम्मका लागि समय कामय गरिएको छ।

सोमबारमात्रै कपिलवस्तुको यशोधरा गाउँपालिका– ५ र बुद्धभूमि नगरपालिका– ७ र १० का १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। यसअघि कपिलवस्तुमा पाँच जनामा कोरोनाको संक्रमण देखिएको थियो। अहिलेसम्म कपिलवस्तुमा १५ जना कोरोनाका संक्रमित भेटिएका छन्।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्