19.1 C
Kathmandu

अन्तर्राष्ट्रियजर्मनीमा लकडाउन खुकुलो बनाएपछि कोरोना संक्रमित बढे

जर्मनीमा लकडाउन खुकुलो बनाएपछि कोरोना संक्रमित बढे

जर्मनीमा लकडाउन खुकुलो बनाएपछि कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । रोबर्ट कोच इन्स्टिच्युटका अनुसार केही प्रतिबन्धहरु हटाएपछि संक्रमणको रि–प्रोडक्सन रेटमा वृद्धि भएको हो । यसको अर्थ एक संक्रमित व्यक्तिले कति जनालाई कोरोना सार्न सक्छ भन्ने हो । अहिले यो दर एकभन्दा बढी रहेको छ । यसको अर्थ जर्मनीमा संक्रमितको संख्या बढिरहेको छ।

जर्मनीमा शनिबार हजारौं मानिसहरु भेला भएर लकडाउन पूर्ण रुपमा हटाउन माग गरेका थिए । पूर्व जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार १६ राज्यका नेतासँग छलफल गरेर देशव्यापी लकडाउनमा व्यापक छुट दिने घोषणा गरेकी थिइन् ।

जर्मनीमा भाइरसबाट मृत्यु हुनेको संख्या अन्य युरोपेली देशको तुलनामा कम भए पनि संक्रमण भने उच्च नै छ । त्यहाँ एक लाख ७९ हजार दुई सय १८ भन्दा धेरै मानिस संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या हालसम्म सात हजार रहेको छ ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्