बस र ट्रक एकापसमा ठोक्किदा एकको मृत्यु, दुई घाइते
माघ ०७, २०७७
कुलमान हटेलगत्तै किन काटिन थाल्यो बिजुली
माघ ०७, २०७७
स्वास्थ्यमा असहजता महसुस गरिएपछि भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना हुनुभएको छ । उहाँ आइतबार राति नौ बजे राजधानी नयाँ दिल्लीस्थित ऐम्स अस्पतालमा भर्ना हुनुभएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पूर्व प्रधानमन्त्री सिंहलाई अस्पतालको हृदय रोग विभागमा राखेर उपचार गरिएको छ । प्रारम्भिक जाँचमा ८७ वर्षीय सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । डा. नितिश नाइक नेतृत्वको टोली पूर्वप्रधानमन्त्री सिंहको उपचारमा संलग्न हुनुहुन्छ । छातीमा दर्दसँगै स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको हो ।
अर्थविद् डा. सिंह सन् २००३ पछि लगातार दुईपटक भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।