17.1 C
Kathmandu

ब्रेकिङ समाचार९८ जना प्रहरी नायव निरीक्षक (सई) लाई निरीक्षक (इन्सपेक्टर) मा बढुवाका लागी...

९८ जना प्रहरी नायव निरीक्षक (सई) लाई निरीक्षक (इन्सपेक्टर) मा बढुवाका लागी सिफारिस

८ साउन २०७८

काठमाडौ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ । बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो । २०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

अर्जुन कुमार अधिकारी, उपेन्द्र बम, आशुतोष बहादुर शाही र गजेन्द्र रावल सहित ९८ जनालाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ ।

सात दिनसम्म कुनै उजुरी नपरेमा गृह मन्त्रालयले सो सिफारिसलाई सदर गरेपछि बढुवाले पूर्णता पाउँछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्