19.1 C
Kathmandu

ब्रेकिङ समाचार६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय...

६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई गृहको पत्राचार

२९ असोज २०७७
काठमाडौ
–सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गरेको छ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न भन्दै भत्ता उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार गरेको छ।

केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अशक्तको भत्ता वितरण गर्न रोकिएको थियो। विगभाले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनि पत्राचार गरेको हो।

६० वर्ष मुनिका विधवा एकल महिलालाई मासिक दुई हजार र अति अशक्त अपाङ्गता ‘ख’ वर्गका परिचय पत्र भएकाले पनि अब मासिक एक हजार छ सयका दरले भत्ता पाउनेछन्।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्