17.1 C
Kathmandu

ब्रेकिङ समाचार२१ वर्षीया युवतीमाथि काका–ससुरालगायत आफन्तहरूबाटै निरन्तर बलात्कार

२१ वर्षीया युवतीमाथि काका–ससुरालगायत आफन्तहरूबाटै निरन्तर बलात्कार

२० असोज २०७७
काठमाडौ
–बझाङमा ससुरा, काका–ससुरालगायत आफन्तहरूबाटै २१ वर्षीया युवतीमाथि निरन्तर बलात्कारको चरम यातनाको सिकार भएको छ । बझाङको सुनकुडाकी २१ वर्षीया युवतीले यस्तो यातना खेप्नु परेको घटना बाहिर आएको हो ।

उक्त घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले चासो व्यक्त गर्दै घटनाको छिटो अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको हो । आयोगका सुदूरपश्चिम प्रमुख झंकरबहादुर रावलद्वारा जारी विज्ञप्तिमा यस्ता घटना दोहोरिन नदिन संलग्नलाई शीघ्र कानुनी दायरामा ल्याई अनुसन्धान गर्न आयोगले आग्रह गरेको छ ।

विज्ञप्तिमा पीडित महिलाको शारीरिक, मानसिक स्वास्थ्य अवस्थाको परीक्षण गरी निःशुल्क उपचार गर्न पनि सरकार र सम्बन्धित निकायलाई आग्रह गरिएको छ । पीडित युवतीको बझाङ अस्पतालमा उपचार भइरहेको छ । बुंगल–२ को दलित परिवारकी युवतीको तीन वर्षअघि बित्थडचिर–९ का दलित युवकसँग बिहे भएको थियो । सानैमा आमाले छाडेपछि काकाले नै संरक्षण गरी ०७४ असारमा उनको बिहे गराइदिएका थिए ।

बच्चा नभएकाले उपचार गर्न भन्दै श्रीमान्सहित सासूससुरा र नन्दले उनलाई भारत लिएर हिँडेका थिए । त्यसपछि उनीमाथि श्रीमान्, ससुरा, नन्दका श्रीमान् र काका ससुराले समेत बलात्कारका साथै बर्बर यातना दिन थाले । उनीहरूले वेश्यावृत्तिमा समेत लगाउने गरेको युवतीले बताएकी छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्