17.1 C
Kathmandu

ब्रेकिङ समाचारहिरासत मुक्त हुनसाथ विप्लब समूहका काभ्रे जिल्ला सदस्यद्वारा पार्टी परित्यग

हिरासत मुक्त हुनसाथ विप्लब समूहका काभ्रे जिल्ला सदस्यद्वारा पार्टी परित्यग

२८ श्रावण २०७७
धुलिखेल
–सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहका काभ्रे जिल्ला कमिटि सदस्यले मंगलबार पार्टी परित्याग गरेका छन् । परित्याग गर्नेमा रोशी गाउँपालिका वडा नं. ५ निवासी प्रशान्तकुमार मोक्तान रहेका छन् ।

उनले आज हिजो प्रेस विज्ञप्ति जारी गर्दै विप्लब समूह परित्याग गरि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेको बताएका छन् । यस अघि उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरिएको थियो । हिरासत मुक्त हुनेवित्तिकै उनले उक्त प्रेस विज्ञप्ति जारी गरेका थिए ।

यस अघि आफू विप्लब समूहको जिल्ला सदस्य भएको तर पछिल्लो चरण विप्लबको गतिविधि प्रति असहमति रहेको बताए ।
‘‘म नेपाल सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहमा काभ्रे जिल्ला सदस्य भइ विगत २ वर्ष अघिसम्म काम गर्दै आएकोमा विप्लब समूहको गतिविधि प्रति चित्त नबुझेर स्वतन्त्र रुपमा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ६ मा व्यवसाय गर्दै आएको सबैमा अवगत गराउन चाहन्छु ।’ विज्ञप्तिमा भनिएको छ, ‘म विप्लब समूहको कुनै पनि गतिविधिमा संलग्न पनि छैन र आगामी दिनमा रहने पनि छैन । म आजकै मिति देखि औपचारिक रुपमा नेपाल कम्युनिष्ट पार्टी नेकपामा पूर्ण प्रतिबद्ध रही अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु ।’’

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्