30.1 C
Kathmandu

अर्थतन्त्रसुनको मूल्य तोलामा २३०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २३०० रुपैयाँले घट्यो

२६ पौष २०७७
काठमाडौ
–नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको पहिलो दिन सुन तोलामा २३०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भएको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ३०० रुपैयाँ रहेको थियो । तर आइतबार सुनको मूल्य ह्वात्तै घटेर तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १३३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १२७० रुपैयाँमा कारोबार भएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्