19.1 C
Kathmandu

ब्रेकिङ समाचारसिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु, यातायात सम्पर्क विच्छेद

सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु, यातायात सम्पर्क विच्छेद

२ असार २०७८

काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्