28.1 C
Kathmandu

ब्रेकिङ समाचारसिन्धुपाल्चोकको लिदी पहिरो पिडित वालवालिकाले अभिभावकत्व पाए

सिन्धुपाल्चोकको लिदी पहिरो पिडित वालवालिकाले अभिभावकत्व पाए

१० असोज २०७७
काठमाडौ-काभ्रेको पनौतिमा रहेको एसओएस बालग्राममा रहेका लिदी पहिरो पिडित वालवालिकाको नेपाल तामाङ घेदुङ, काभ्रेको पहलमा अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

संघीय सांसद गंगाबहादुर दोङ (बमध्वोज), पूर्व राज्य मन्त्री तथा नेकपा वागमती प्रदेश सचिवालय सदस्य सूर्यमान दोङ (लालध्वज), अन्तर्राष्ट्रिय तामाङ परिषद्की उपाध्यक्ष अस्मिता वाईबा, नेपाल तामाङ घेदुङ वागमती प्रदेश सचिव हरिचन्द्र लामा, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, काभ्रेका बरिष्ठ उपाध्यक्ष विकास लामा, नेपाल तामाङ घेदुङ, काभ्रेका अध्यक्ष फुर्साङ तामाङ, धुलिखेल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रविन्द्र कर्माचार्य, समाजसेवी खाईबा लामा, नेकपा काभ्रे जिल्ला सदस्य तथा समाजसेवी दिलिप घिसिङ आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्, धुलिखेलका अध्यक्ष शर्मिला थिङ तामाङले अभिभावकत्व ग्रहण गरेका छन् ।

वालवालिकालाई सहयोगको लागि स्थानीय समाजसेवी खाईबा लामाले निरन्तर समन्वय गरिरहेका थिए । धुलिखेल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रविन्द्र कर्माचार्य पनि लामासँगै लागेका थिए ।

लिदी पहिरो पिडित वालवालिकाहरु ४ वर्षीय भूमिका गौतम, ६ वर्षीय मेम्बा लामा दोङ, १० वर्षिय सुकबहादुर दोङ, ७ वर्षिय विवेक विक, ४ वर्षिय टेकबहादुर श्रेष्ठ, १० वर्षिय टिकालाल दोङ, १२ वर्षिय पेम्बा दोङ, १२ वर्षिय दुर्गा दोङ, ५ वर्षिय आइत दोङ, ११ वर्षिय रेखबहादुर दोङले अभिभावक पाएका छन् ।

लिदीमा गएको पहिरोमा परि अभिभावक गुमाए पछि उनीहरुलाई एसओएस वालग्राममा पूनर्स्थापना गरेको थियो । एसओएस वालग्राममा ४ वर्षदेखि १२ वर्षसम्मका १० जना वालवालिका रहेका छन् । उनीहरुलाई गत असोज ५ गते त्यहाँ ल्याएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्