24.1 C
Kathmandu

ब्रेकिङ समाचारसामाजिक सुरक्षा भत्ता बाँड्न राखिएको रकम लुटपाट गर्ने प्रयास, दुई जना प्रहरीको...

सामाजिक सुरक्षा भत्ता बाँड्न राखिएको रकम लुटपाट गर्ने प्रयास, दुई जना प्रहरीको नियन्त्रणमा

६ कार्तिक २०७७
काठमाडौ
–ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिका १ कुईभिरका वडा सचिव छत्रबहादुर थापाको घरमा लुटपाट गर्न छिरेका दुई युवालाई ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षिय काजी भुजेल र १९ बर्षिय पेशल भुजेल रहेका छन्। ति युवाहरुले सामाजिक सुरक्षा भत्ता वितरण गर्न राखिएको २७ लाख रुपौया लुटपाट गर्ने योजनाका साथ वडा सचिबको घरमा पुगेका थिए। मंगलबार बिहान घरभित्र राखिएको पैसा लुटपाट गर्न ढोका फोड्ने क्रममा वडा सचिबले थाहा पाएपछि प्रतिकार गरेका थिए । प्रतिकार गर्ने क्रममा युवाहरुले वडा सचिवलाई हातपात गरेर फरार भएपछि प्रहरी कार्यलयमा जाहेरी परेको थियो ।

वडा कार्यलयले वडा सचिवमाथि हातपात तथा दुर्व्यहार गरेको भन्दै जिल्ला प्रहरी कार्यलयमा अभद्र ब्यवाहारसम्बन्धी जाहेरी दर्ता गराएपछि उनीहरुलाई पक्राउ गरिएको ओखलढुंगा प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए ।उनीहरु बिरुद्ध सार्वजनिक नैतिक बिरुद्धको कसुर अन्तरगत अभद्र ब्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कट्टेलले बताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्