19.1 C
Kathmandu

अर्थतन्त्रसहकारीका कर्मचारिको ब्यथा : रहर होइन बाध्यताले हिडेको, बिभेद किन ? छाता...

सहकारीका कर्मचारिको ब्यथा : रहर होइन बाध्यताले हिडेको, बिभेद किन ? छाता संगठनको ठोस निर्णय के हो ?

२५ बैशाख २०७८/छेडुप तामाङ

काठमाडौ । कोरोना भाइरस नयाँ भेरिएन्ट सहितको संक्रमणको जोखिम उच्च भए सङ्गै बैशाख १६ गते रातको १२ बजे देखि लागू हुने गरि उपत्यका सहित अन्य जिल्लाहरुमा नेपाल सरकारले निषेधाज्ञा घोषणा गरे सङ्गै सहकारी संस्थाका संचालक एवम कर्मचारी अन्यौलमा परेका छ्न ।

आफ्ना सदस्यहरुलाई यस्तो संकटको बेलामा बचत फिर्ता गर्न गराउन सहकारी संस्थाले स्वास्थ्य संग सम्बन्धित आवस्यक मापदण्ड सहित संक्रमणको जोखिम समेतबाट बच्ने उपाय सहित कार्यलय आंशिक रुपमा संचालन गरेर सेवा प्रवहा गर्न थाल्दछन । तर निषेधाज्ञा को समयमा कार्यलय सम्म कसरि आउने भन्ने बिषय आम सहकारीकर्मिहरुको टाउको दुखाइको बिषय नै बन्यो ।

अत्तिआवस्यक सेवा बाहेकको सबै सेवा बन्द रहने गरि नेपाल सरकारले लागू गरेको निषेधाज्ञाको मामिलामा अत्तिआवस्यक सेवा भित्र सहकारी संस्थाहरु पर्छन कि पर्दैनन ? यदि पर्छन भने सहकारी संस्थाका कर्मचारिलाई डेरा अथवा घर देखि कार्यलय सम्म आउने बिकल्प के हो त ?

बैंक तथा बित्तिय संस्थाको हकमा कार्यलयाबाट जारी गरिएको परिचयपत्रको आधारमा आवतजावत गर्न पाईनेछ भन्ने एउटा सुचना आयो तर आफ्नो स्वास्थ्य र ज्यानलाई नै जोखिममा राखेर अहोरात्र खटिरहेका सुरक्षाकर्मिहरुले चेकजाँचको बेलामा परिचय पत्रको आधारमा बैंकका कर्मचारिलाई हिड्न दिने र सहकारिका कर्मचारिलाई रोकेको दृश्य नमोबुद्ध न्युजका प्रतिनिधिले सहरका चोकचोकमा देखियो ।

निषेधाज्ञाको प्रभावकारी कार्यन्वयन भए नभएको भनी बुझ्नका लागी उपत्यकाका विभिन्न चोकहरुमा खटिएका नमोबुद्ध न्युजका प्रतिनिधिले नजिकबाट नियालिरहेको सुरक्षा कर्मी र सहकारिका कर्मचारी बिचको संवाद यस्तो थियो :
प्रहरी : कहाँ जान लाग्नुभएको ? पास छ ?
सहकारिको कर्मचारी : परिचय पत्र देखाउंदै अफिसबाट अएको सर घर फर्किन लागेको ।
प्रहरी : यो कार्डले चल्दैन तपाईको स्कुटर साईड लगाउनुहोस ।
सहकारिका कर्मचारी : स्कुटर साईड लगाउंदै भन्छन् । बैंकको कर्मचारी मेरो साथिलाई कार्डकै आधारमा छुट पाउने मलाई नपाउने र सर ?
प्रहरी : पाउंदैन ।
सहकारीको कर्मचारी : हामी पनि रहरले कहाँ हिडेको हो र सर ? हामिलाई पनि संक्रमणको डर छ । तर पनि सदस्यहरुको सेवाको लागि अफिस जानै पर्यो ।
प्रहरी : अफिस आउन जान सहकारीको आधिकारिक ब्यक्तिको दस्तखत सहितको सवारी पास बनाएर ल्याउनु ।
सहकारिको कर्मचारी : आजलाई छोड्दिनुहोस सर म भोलि देखि त्यही गरौंला ।

यो संवाद त केवल छोटो प्रतिनिधिमुलक संवाद मात्रै हो । अझ भनौं भने सहकारिको कर्मचारी र प्रहरी बिचको चर्किदोवादबिवाद दिनहुं जस्तै सडकको चोकचोकमा मात्र नभएर सामाजिक संजालहरुमा समेत प्रसस्त देख्न सक्नेछौं ।

सामान्य वादबिवाद सहितको यो संवाद सुनेर हामिले केही सहकारिका संचालकहरु सङ्ग बुझ्यौं । राज्यको यो बिवेदकारी कानुन छ सहकारिलाई आर्थिक बिकासका खम्बाको रुपमा लिएता पनि हेलाको दृस्टीले हेर्ने गरेकोमा दुख व्यक्त गरे । सहकारिको छाता संगठन भन्ने संस्था र अरु बेलामा दिनानुदिनजस्तै आफू अनुकुल नयाँ नयाँ कानुन बनाएर लागू गर्न खोज्ने निकायहरुले यो बेलामा किन मुख खोल्न सक्दैनन ? सहकारिको कर्मचारिलाई निर्वहात रुपमा कार्यलय सम्म आउने बिकल्प किन दिन सक्दैनन सम्बन्धिर निकाय ? कि त कार्यलय बन्द गरेर बस भन्ने आदेस आउनु पर्यो होइन भने यो किसिमको अन्यौलता सिर्जना नगर्नका लागि नमोबुद्ध न्युज मार्फत सम्बन्धित निकायलाई अनुरोध गरे एक सहकारिको संचालकले ।

आफ्ना कर्मचारिलाई सवारी पासको ब्यबस्था गरिदिने अधिकार हामिलाई आज सम्म कुनै पनि निकायबाट आएको छैन । परिचय पत्रको आधारमा आउन जान दिने भन्ने कुरा थियो तर अहिले कर्मचारी बिच बाटोबाटै फर्किनु पर्ने समस्या खेप्नु परेको छ । यस्तो संकटको बेलामा आफ्ना सदस्यहरुलाई सेवा दिन तयार रहेको सहकारिका कर्मचारिलाई कार्यलय सम्म आउने जाने ब्यबस्था समेत गर्न गराउन नसक्ने निकायले सहकारी सम्बन्धी आफुखुसी कानुन बनाएर लाद्ने मात्रै हो कि यो संकटको बेलामा उचित बिकल्प दिने हो भन्ने प्रश्न सहित अनुहार बिगार्दै चिन्ता ब्यक्त गरे अर्को एक सहकारिको ब्यबस्थापकले ।

एउटा चोकको प्रहरिले परिचय पत्रको आधारमा छोड्छन अर्को चोकबाट फर्काइदिन्छ्न । भोलि बिकल्पको रुपमा सहकारीले आफ्न कर्मचारिलाई आफ्नै संस्थाबाट सवारी पासको ब्यबस्था गर्दा त्यस्लाई मान्य कुन कुन चोकको प्रहरिले मान्य दिने हो कुन कुन चोकको प्रहरिले मान्य नदिने हो यो पनि त अन्यौलको बिषय छ । सम्बन्धित निकायले यथाशिघ्र सहकारिको कर्मचारिको हकमा कार्यलय आउने जाने बैकल्पिक उपाय तुरुन्त सुचना जारी गरियोस भन्ने माग राखे एक सहकारिको संचालकाले ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्