19.1 C
Kathmandu

मनोरञ्जनसविनको प्रेममा छल्किएको अनुको मुस्कान

सविनको प्रेममा छल्किएको अनुको मुस्कान

नायिका अनु शाह नेपाली चलचित्रमा केही बर्ष अगाडिसम्म चम्किएकी थिइन् । नायक निखिल उप्रेतीसँग चलचित्र ‘भैरव’मा काम गर्दा उनको चर्चा राम्रै थियो ।

तर, नयाँ नायिकाको आगमन बढ्दै जानु र अनुका चलचित्रले सफलता हात नपार्नुले, उनको करिअर सुस्ताउँदै गयो । अहिले उनी चलचित्रको पर्दामा देखिएकी छैनन् । तर, पनि सामाजिक संजालमा उनको सक्रियता पनि निकै बढेको छ ।

अनु नायक सविन श्रेष्ठको प्रेममा छिन् । हुनत, अनु र सविनले बिहे गरिसकेको चर्चा पनि चलचित्र बजारमा नचलेको होइन । तर, यी दुइले अहिलेसम्म प्रेम भने स्विकार गरेका छैनन् ।

उनै, अनुले अहिले आफू सुखद प्रेमको यात्रामा रहेको बताउँछिन् । अनुले, सामाजिक संजालमा लेखेको एउटा स्टाटसले पनि उनको चमकताको राज खुलाएको छ ।

अनु लेख्छिन्–‘महिलाहरुमा भिन्न तरिकाको चमकता तब आउँछ, तब उनीहरुलाई सुखद प्रेम र राम्रोसँग व्यवहार गरिन्छ ।’
अनुको यो कुराले पनि के प्रष्ट हुन्छ भने सविनसँगको प्रेममा उनी खुशी छिन् । यही कारणले, उनको अनुहारमा मुस्कान फैलिएको छ ।

 

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्