24.1 C
Kathmandu

समाचारसरकारले सच्यायो ईदको सार्वजनिक बिदा

सरकारले सच्यायो ईदको सार्वजनिक बिदा

२०७७ जेठ ११ गते

सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याएको छ । यस अघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । सोही निर्णय अनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको थियो । तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक बिदा सोमबार दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । नेपाल र दक्षिण एसिया भरबाट २०७७ जेठ १० मा चन्द्रमा नदेखिएकाले ईद पर्व २०७७ जेठ १२ गते मनाउने निर्णय भएको र सोही दिन सार्वजनिक विदा कायम गरिएको गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्