24.1 C
Kathmandu

Uncategorizedसंसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने तीन दलको निर्णय

संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने तीन दलको निर्णय

६ पौष २०७७
काठमाडौ
–तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका हुन् ।
आइतबार साँझ काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा तीन दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको काँग्रेस नेता डा।मिनेन्द्र रिजालले जानकारी दिए ।

‘प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक हो । यसको सशक्त प्रतिवाद गर्ने र फिर्ता गराउने सहमति भएको छ’ नेता रिजालले बताए, ‘साझा धारणा बनाएर अघि बढ्ने विषयमा थप धारणा बनाएर अघि बढ्ने निर्णय भएको छ ।’

बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम पनि असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष पनि निकालेको छ । बैठकमा नेकपाका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ तथा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँण र जसपाका डा।बाबुराम भट्टराई तथा राजेन्द्र महतो सहभागी थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्