28.1 C
Kathmandu

ब्रेकिङ समाचारसंसद बैठक बस्दै, एमालेको अवरोधकै बीच विनियोजन विधेयक पास गर्ने तयारी

संसद बैठक बस्दै, एमालेको अवरोधकै बीच विनियोजन विधेयक पास गर्ने तयारी

४ असोज २०७८

काठमाडौ । प्रतिनिधि सभाको छैटौं बैठक सोमबार बिहान बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक पास गर्ने कार्यसूची रहेको छ। विनियोजन विधेयक पारित नहुँदा कर्मचारी, सांसद, मन्त्री, प्रधानमन्त्रीहरुको तलबका साथै विकास आयोजनालगायतको भुक्तानी रोकिएको छ।

कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफल र जवाफ हुनेछ। विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकमाथि छलफल हुनेछ। यस्तै मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराएको संघीय संसद सचिवालयले जानकारी दिए।

सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई विपक्षी दल एमालेले अस्वीकार गर्दै आएको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ। सोमबार पनि एमालेको अवरोधकै बीच विनियोजन विधेयक पास गर्ने तयारी छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्