28.1 C
Kathmandu

ब्रेकिङ समाचारवागमती घेदुङले लिदी पहिरो पिडितलाई न्यानो कपडा वितरण गरे

वागमती घेदुङले लिदी पहिरो पिडितलाई न्यानो कपडा वितरण गरे

१८ असोज २०७७
काठमाडौ
– सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नम्बर २ लिदिका पहिरो पिडितहरुको लागि नेपाल तामाङ घेदुङ, वाग्मती प्रदेश कमिटीले न्यानो कपडा वितरण गरेको छ । शनिबार पहिरो पीडित २८ घर–धुरीका ९७ जनालाई घेदुङले न्यानो कपडा वितरण गरेको हो ।

बाँसखर्कको चिसोमा बस्न बाध्य पिडितहरुलाई ज्याकेट र टाउजर वितरण गरिएको थियो । नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश कमिटिमा रहेका पदाधिकारीहरुले संकलन गरेको रकमले उक्त सामाग्री खरिद गरि वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा वडा अध्यक्ष प्रताप लामा, प्रदेश घेदुङका अध्यक्ष घ्लान, उपाध्यक्ष मान ब.योञ्जन,सचिव हरिचन्द्र लामा, कोषाध्यक्ष सरोज बल, फूलकाजी स्याङबो, समाजसेवी तारा सिन्तान मकवानपुरको सहभागीता रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्