19.1 C
Kathmandu

ब्रेकिङ समाचारलाभग्राही कबुलियतनामा गर्न नमोबुद्ध ५ नं. वडा कार्यालयको अनुरोध(सूचनासहित)

लाभग्राही कबुलियतनामा गर्न नमोबुद्ध ५ नं. वडा कार्यालयको अनुरोध(सूचनासहित)


११ असोज २०७७,
काठमाडौ–काभ्रेको नमोबुद्ध नगरपालिका स्थित वडा नं. ५ को कार्यालयले आवास पुननिर्माण कार्यका लागि लाभग्राही कवुलियतनामा गर्न वडाभित्रका भुकम्प प्रभावित आवास पुननिर्माण लाभग्राहीहरुमा अनुरोध गरेको छ ।

२०७२ सालको बिनासकारी भुकम्पले घर पुर्ण रुपले क्षेती भई लाभग्राही सुचिमा नाम समावेश भई घर पुननिर्माणको लागि हालसम्म सम्झौता नगरेका, सम्झौता भई पहिलो किस्ता प्राप्त गरेर पनि घर निर्माण नगरिएका, दोस्रो किस्ता लिई निर्माण कार्य नगरेका, तेस्रो किस्ता लिई घर निर्माण कार्य सम्पन्न नगरेका र प्रवलिकरण लाभग्राहीमा नाम समावेश भएर सम्झौता नभएका र सम्झौता भएर पनि निर्माण कार्य सुरु नगरेका लाभग्राहीहरुलाई घर पुननिर्माण नगर्नुको कारण खुलाई कवुलियतनामा गर्न वडा कार्यलयले सूचना जारी गरिएकोे हो ।


आफ्नो नाम लिस्ट हेरेर निस्सा नं. सम्झौता प्रमाणपत्र (रातो किताब) र नेपाली नागरिकताको प्रमाणपत्र लिई असोज २० गतेभित्र वडा कार्यालय कानपुरमा उपस्थित हुन सम्बन्धित लाभग्राहीहरुमा वडा कार्यालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यदि तोकिएको समयभित्र वडा कार्यालयमा सम्पर्क नगर्ने तथा कावुलियतनामा नगरेमा ती लाभग्राहीको नाम पुननिर्माण प्राधिकरणले लाभग्राही सूचिबाट हटाउन सक्ने भएकोले समयमै सम्पर्कमा आउन वडाध्यक्ष बुद्ध सिंह तामाङले सबै लाभग्राहीहरुमा आग्रह गर्नुभएको छ ।

हेर्नुहोस् सूचना यस्तो छ :

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्