30.1 C
Kathmandu

समाचारलकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।

समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै ५ बजे बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ ।

समितिमा रहेका एक मन्त्रीले भने, ‘सम्भवत १५ गतेसम्म लकडाउन थप हुनसक्छ ।’

सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो ।

तर पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।

जनस्वास्थ्यका विज्ञहरुले बढी प्रभावित क्षेत्रमा  लकडाउन कडा पारेर अन्य क्षेत्रमा खुकुलो बनाउने नीति लिनुपर्ने बताउँदै आएका छन्

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्