18.1 C
Kathmandu

मनोरञ्जनलकडाउनमा जीवनको कविता

लकडाउनमा जीवनको कविता

कुनै बेला नेपाली फिल्म वृत्तमा चकलेटी हिरोका रूपमा खुुब जमेका थिए, अभिनेता जीवन लुुइँटेल । तर, तीन वर्ष भयो उनी नेपाली फिल्मदेखि टाढा छन् । अमेरिकामा रहेका उनी केही दिनअघि एक्कासि फेसबुक लाइभमा देखिए, अमेरिकामा कोरोनाको अवस्थासहित सचेतनाको सन्देश लिएर । त्यसबेला कतिपय उनका प्रशंसकले उनको पुरानो परिचय सुनाइदिए, अनि कतिपयले कविता वाचन गर्न आग्रह गरे ।

सायद यसले जीवन पनि नोस्टाल्जिक भए, त्यसैले त उनी आफ्ना प्रशंसकमाझ पुन: फेसबुक लाइभ आए तीन कवितासहित । फिल्मवृत्तमा आउनुुअघि उनी विराटनगरमा कविता वाचन गर्थे । त्यतिबेला उनको साहित्यिक नाम थियो ‘जीवन लुुइँटेल वैशाखी’। अभिनयतिर लागेपछि उनले वैशाखी छाडिदिए । ‘अब फेरि त्यही वैशाखीसहित आएको छु,’ फेसबुक लाइभमा कविता सुनाउनुुअघि जीवनले प्रशंसकसँग भने ।

जीवनले लाइभमा निर्देशक प्रकाश सायमीको ‘तिमीलाई देखेको समय’, अभिनेता राजबल्लभ कोइरालाको ‘बदलिन पाए हुन्थ्यो तिम्रै निम्ति भएपनि’ शीर्षकका कविता वाचन गरे । त्यसपछि आफैंले लेखेको पुस्तक ‘नायक’मा समावेश आफ्नै कविता ‘स्मृतिमा तिमी’ सुनाए । यो कविता शाहरूखको हिन्दी चलचित्र ‘मोहब्बते’ हेरेर आएको रात लेखेको समेत उनले सम्झिए ।

 

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्