24.1 C
Kathmandu

समाचारलकडाउनबारे निर्णय गर्न साँझ मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनबारे निर्णय गर्न साँझ मन्त्रिपरिषद् बैठक बस्दै

अघिल्लो साता केही खुला गरिएको लकडाउनका कारण कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि सरकारले लकडाउन थप्ने गृहकार्य शुरु गरेको छ।

जारी लकडाउनबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् वैठक बोलाएका छन्। सोमबारदेखि लकडाउनको अबधि सकिने भएकोले आजै त्यसबार थप निर्णय हुने बताइएको छ।

मन्त्रिपरिषद् वैठक बस्नुअघि आजै कसाढे २ बजे कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको वैठक बोलाइएको छ। समितिको सुझावका आधारमा मन्त्रिपरिषदले अन्तिम निर्णय गर्नेछ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला पनि सडकमा सवारी साधनको जाम भएको भन्दै असन्तुष्टी जनाएका थिए। गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री इश्वर पोखरेलको सुझाबपछि लकडाउन खुकुलो बनाउने निर्णय भएको थियो। त्यसपछि दुई दिन सरकारी कार्यालय र केही निजी कार्यालय पनि खुलेका थिए। तर संक्रमणको दर उच्च बृद्धि भएपछि ती कार्यालयहरु पुनः बन्द भएका छन्।
शनिबार मात्रै धुलिखेल अस्पतालमा कोरोना भाइरसका कारण एक सुत्केरीको मृत्यु भएको थियो।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्