29.1 C
Kathmandu

ब्रेकिङ समाचारराजनीतिक तथा सामाजिक व्यक्तित्व अर्जुन कोईरालाको निमोनियाका कारण निधन

राजनीतिक तथा सामाजिक व्यक्तित्व अर्जुन कोईरालाको निमोनियाका कारण निधन

१६ पौष २०७७/छेडुप तामाङ
काठमाडौ
–काभ्रेको नमोबुद्ध नगरपालिका वडा नंं.५ कानपुरका राजनीतिक तथा सामाजिक व्यक्तित्व अर्जुन कोईरालाको बुधवार निमोनियाका कारण निधन भएको छ । नेकपाका अग्रज तथा सामाजिक व्यक्तित्व कोईरालाले कानपुरका राजनीति तथा सामाजिक काममा निक्कै सकृय भुमिका निर्वहा गर्दै आएका थिए ।

कोईरालाको बुधवार राती ७:३० बजे काठमाडौं स्थित के.एम.सि.अस्पतालमा उपरचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको हो । बिगत लामो समयदेखी पूर्व एमालेमा रहेर राजनीतिक तथा सामाजिक काममा अग्र भुमिका निर्वहा गर्दै आएका कोईराला गत केही समय अघि मात्र नमोबुद्ध न.पा.द्धारा आयोजीत एक कार्य्रममा कोट्तिमाल स्थित रक्तकाली मन्दिर पुनःनिर्माणमा कुशलतापुर्वक योजना सम्पन्न गरेको भन्दै नगरपालिकाद्धारा सम्मानित समेत भएका थिए ।

मृतक अर्जुन कोईरालाको पार्थिव शरीरलाई पशुपतिस्थित बुघवार राती नै नेपाल कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान गरेपश्चात हिन्दुधर्म संस्कार अनुसार अन्त्योष्टि गरेका थिए । कोईरालाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई सम्मानको साथ श्रद्धान्जली अर्पणका लागि बाग्मती प्रदेश सभा सदस्य माननीय रत्न ढकाल, नमोबुद्ध नं.पा वडा नं.५ का वडाध्यक्ष बुद्ध सिं तामाङ, स्थानीय नेता बुद्ध सिं लामा, डृप्साङ लामा, सिंग मोक्तान, बाबुराम काईराला लगायतका नेताहरुको उपस्थिति रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्